Trending :
 

नेपालका ललित धिमालले ७५ केजी तौल समूहमा जिते स्वर्ण पदक

आषाढ २३,२०८०

-आस्था न्यूज

असार २३, २०८० काठमाडौं ।
नेपालका ललित धिमालले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका धिमालले स्वर्ण पदक जितेका छन् ।
 
प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो र पाँचौं भएका थिए । अफगानिस्तानका खेलाडी तेस्रो भएका थिए ।
 
उनले आज ओभरअल च्याम्पियनमा दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।