Trending :
 

भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने मन्त्री किरातीको भनाई

आषाढ २५,२०८०

-आस्था न्यूज

असार २५,२०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन् ।
 
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको सुरुआत प्रधानमन्त्री प्रचण्डले सुरु गरिसकेको बताए ।
 
‘नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको उनको भनाई छ ।
 
मन्त्री किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउँदै नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्ने बताए ।
 
नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ भन्ने कुराको अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
 
नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने भन्नेबारे पनि अध्ययन हुनुपर्ने उनले बताए ।