Trending :
 

५ वर्षका लागि पुग्ने गरी ६० लाख पासपोर्ट छपाइ गरिदैः परराष्ट्रमन्त्री

आषाढ २५,२०८०

-आस्था न्यूज

असार २५,२०८० काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् ।
 
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले अगाडि भने, ‘छिट्टै टेण्डर प्रक्रियामा जानेछ ।’
 
उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।