Trending :
 

प्रधानमन्त्री प्रचण्डले दिए स्पष्टीकरण, एमालेको अवरोधपछि संसद बैठक सुचारु

आषाढ २५,२०८०

-आस्था न्यूज

असार २५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति सम्बन्धमा संसद्मा स्पष्टीकरणको मौका नपाएको बताएका छन् । 
 
सोमवार प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिँदै प्रचण्डले अभिव्यक्ति सम्बन्धमा संसद्मा स्पष्टीकरण दिन खोजे पनि त्यसको मौका नपाएको बताएका हुन् । 
 
‘राजीनामा नआएसम्म संसद् चल्न दिँदैनौं किन भनियो ? यही हो संसदीय अभ्यास ? संसदीय अभ्यास र पद्धति के हो भन्ने प्रतिपक्षलाई थाहा छैन ?’ प्रचण्डले भने, ‘स्पष्टीकरण नदिई राजीनामा माग्ने ? के प्रतिपक्षले माग्दैमा राजीनामा दिनुपर्ने हो ?’
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि प्रचण्डले संसद्मा स्पष्टीकरण दिएका हुन् ।
 
प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् । 
 
‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो रु राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘के यहीँ हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ । राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ । राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ ।’  
 
संसदीय अभ्यास र पद्यती  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थात के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद् अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन ।’
 
‘प्रचण्ड’ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको बताएका छन् । उनले आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी  ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।
 
‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’
 
प्रधानमन्त्री प्रचण्डले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, उनले प्रश्न गरे ।