Trending :
 

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ  । 
विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । 
 
 अहिले भने समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ । 
 
नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भुषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ बाट भएको हो । डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश ग¥यो । डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनायो । 
 
पछिल्लो समय नेपालमै डिजिटल सिनेमा इनिसेटिभ ९डिसिआई० ढाँचामा चलचित्र इन्कोडिङ गरेर विश्वभर प्रदर्शन गर्न सकिन्छ । यही कारण पनि नेपालसँगै विश्वभर एकै मितिमा चलचित्र प्रदर्शन हुने गरेको छ ।