Trending :
 

सेयर बजार निरन्तर ओरालोतिर

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।  यसदिन नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा बन्द भएको थियो। सो दिन ३ अर्ब ७९ करोड ७९ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो।
 
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। आज २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० मूल्यको सेयर कारोबार भयो। साताको पहिलो कारोबार दिन आइतबार ३ अर्ब ४२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। 
 
आज २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर खरिदबिक्री भयो। तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। हिमालयन पावर पार्टनर , एनआईबीएल समृद्धि फन्ड २  र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।