Trending :
 

मन्त्री हेरफेरको गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेको जनाइएको छ। जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्री हेरफेर गर्न लागेको बताइन्छ ।
 
जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसकेका छन् । तर कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा उनी पुगेको स्रोतले जनाएको छ ।