Trending :
 

शरणार्थी काण्डमा पक्राउ परेका खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने कांग्रेस नेताहरुको तयारी

आषाढ २७,२०८०

-आस्था न्यूज

असार २७, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् ।
 
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । 
 
पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।
 
आजदेखि सुरु हुन लागेको कांग्रेस केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने तयारी भएको हो ।