एनभिए भलिबल लिगको पुरुष तर्फको खेलमा आर्मी विजयी
-आस्था न्यूज
असार २७, २०८० काठमाडौं ।
राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी भएको छ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो ।
आर्मीले ३(२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५-१८ ले एपीएफ विजयी भएको थियो । एपीएफले दोस्रो सेट १६-२५ ले गुमाएको थियो । तेस्रो सेट आर्मीले २६-२४ ले जितेको थियो ।
चौथो सेट आर्मीले २८-२६ ले जितेको थियो । पाचौ तथा निर्णायक सेट १७-१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो ।
आर्मीको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।