Trending :
 

सुनको मूल्य बढ्दा प्रतितोला कतिमा भैरहेको छ कारोबार

आषाढ २८,२०८०

-आस्था न्युज

असार २८ ,काठमाडौँ । 
आज सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले  बढ्दा प्रतितोला  १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा खरिदबिक्री  भएको थियो ।तेजाबी सुनको मूल्य रु १ लाख ११ हजार ८५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दा १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।