Trending :
 

श्रीलंकामा इमर्जिङ एसिया कप सुरु, नेपालले पहिलो खेल भोली पाकिस्तानसँग खेल्ने

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं ।
एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् ।
 
यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् ।  उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । 
 
इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै खेल अहिले जारी छ । बंगलादेशविरुद्धको खेलमा श्रीलंकाले ब्याटिङ गर्दैछ । ओमानविरुद्धको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दैछ ।
 
प्रतियोगितामा नेपाली टोली समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली र पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्सको ‘ए’ टोली रहेका छन् । नेपालले पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।