Trending :
 

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन कार्यनीति स्वीकृत

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको छ ।
 
एचपीभी खोप सञ्चालन स्वीकृतिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले पदबहालीपछि गरिएको मुख्य कामको क्रियाकलापमा उल्लेख गरेका छन् ।
 
तर, पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप प्राप्तीका लागि मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले रणनीति सहितको प्रपोजल लेखन गरिरहेको शाखाले जनाएको छ । 
 
एचपीभी खोप क्याम्पियनका रूपमा १० देखि १४ वर्षसम्मका किशोरी र नियमित खोपको रूपमा १० वर्षका बालिकालाई दिइने गरी प्रपोजल तयार पार्ने कार्य भइरहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
 
बालबालिका लागि नियमित खोप निःशुल्क उपलब्ध गराउँदै आएको गाभीलाई कसरी पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप नियमित र क्याम्पियनका रूपमा नछुटाइकन सञ्चालन गर्न सकिन्छ भनेर रणनीति सहितको प्रस्तावका लागि प्रपोजल तयार पर्ने कार्य धमाधम भइरहेको डा. गौतमले जानकारी दिए ।