Trending :
 

पत्नी शोकमा प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं ।
पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।
 
बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
 
‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
 
समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुने व्यवस्था रहेको पनि आचार्यले बताउनुभयो ।