Trending :
 

वाणिज्यसँको भद्र सहमति तोडिएपछि अब निक्षेपको ब्याजदर आफुखुसी तोक्दै बैंकहरू

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं ।
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो ।
 
‘तरलताको अवस्था सहज भएकाले अब साउनदेखि लागू हुनेगरी बैंकहरुले आफैले निक्षेपको ब्याजदर तोक्ने सहमति भएको नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले बताए ।
 
हाल बैंकहरुमा नगद थुप्रिएपछि ब्याजदरमा भद्र सहमति जरुरत नरहेको ठहर गर्दै संघको बैठकले स्वतन्त्र छाडेको हो । हालसम्म वाणिज्य बैंकहरुले संघमार्फत निक्षेपको ब्याजदर निर्धारण गर्दै आएकाले अधिकांश बैंकको ब्याजदर उस्तै छ । 
 
वाणिज्य बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । धेरै बैंकले यहीं दर कायम गरेका छन् ।