Trending :
 

बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार

आषाढ २९,२०८०

-आस्था न्युज

असार २९, काठमाडौँ ।
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। नेपाली बजारमा प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 
बिहीबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्दा प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
 
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ४० रुपैयाँले बढ्दा चाँदी १ हजार ४४० रुपैयाँमा भएको थियो।