Trending :
 

सङ्गठन सुदृढीकरणको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक सुरु

आषाढ २९,२०८०

-आस्था न्यूज

असार २९, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु भएको छ ।​
 
कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक  सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 
 
उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ ।
 
यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए । 
 
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले एकीकृत समाजवादी पार्टी केही समयअघि मात्र छाडेका थिए ।
No description available.