Trending :
 

ललिता निवासको जग्गा किन्नेहरुलाई मात्रै नभई बेच्नेलाई पनि कारबाही गर्न माग

आषाढ २९,२०८०

-आस्था न्यूज

असार २९, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको बगाएका छन् ।
 
किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनले बताए ।
 
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको उल्लेख गरेका छन् ।
 
ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उनको माग छ ।