Trending :
 

लम्पी स्किन रोग रोकथामका विषयमा सदनलाई जानकारी दिन सरकारलाई रुलिङ

आषाढ २९,२०८०

-आस्था न्यूज

असार २९, २०८० काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
 
सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।
 
लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै सांसदहरुले गाउँ-गाउँमा प्राविधिक पठाउन र खोपको प्रबन्ध गर्न माग गरेका थिए ।