Trending :
 

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने

आषाढ ३०,२०८०

-आस्था न्यूज

असार ३०, २०८० काठमाडौं ।
 
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहने भएको हो। बैठक भोलिसम्म चल्ने छ ।
 
कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको हिजोको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।