Trending :
 

बिमस्टेक रिट्रिटमा सहभागी हुन परराष्ट्र मन्त्री साउद आज थाइल्याण्ड जाने

आषाढ ३१,२०८०

-आस्था न्यूज

असार ३१, २०८० काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् ।
 
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी  हुन मन्त्री साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
 
मन्त्री साउदसहितको टोली आज दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछ । 
 
मन्त्री साउदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।