Trending :
 

घट्यो सुनको मूल्य ,कतिमा भैरहेको छ कारोबार

आषाढ ३१,२०८०

-आस्था न्युज

असार ३१, २०८० काठमाडौँ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम रहेको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर कारोबारमा आएको थियो। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ खरिदबिक्री भएको थियो । 
 
 यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको छ ।