Trending :
 

कसैले चाहँदैमा गठबन्धन नढल्ने यातायातमन्त्री ज्वालाको दाबी

आषाढ ३१,२०८०

-आस्था न्यूज

असार ३१, २०८० काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् ।
 
जनकपुरधाममा आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरेका हुन् । 
 
उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।
 
उनले गठबन्धन ढालेर केही पाइहाल्छौं कि भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गरे । मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।