अघिल्लो दिनको तुलनामा नेप्से १२.६ अंकले बढ्यो
-आस्था न्यूज
असार ३१, २०८० काठमाडौं ।
आइतबार सेयर बजारको परिसूचक नेप्से २०९७ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १२.१६ अंक बढेको हो । परिसूचक बढ्दा कारोबार रकम भने जम्मा २ अर्ब ३७ करोड रुपैयाँमा खुम्चिएको छ । कुल ९३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्दा ६ को स्थिर रहृयो ।
बैंकिङ १६, विकास बैंक २०, उत्पादन २४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा १०७ र अन्य उपसमूह ६ अंक बढे । ब्यापार ४, जीवन बीमा ७, जलविद्युत् १७, होटल तथा पर्यटन १२ र फाइनान्स उपसमूह २ अंक घटे ।
सीवाईसी लघुवित्तको ६, मिथिला लघुवित्तको ५.९ र राष्ट्रिय बिमा कम्पनीको मूल्य ५.९ प्रतिशत बढ्यो । लिबर्टी इनर्जीको ५.९ तथा मकर जितुमायाको मूल्य ५.८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, हिमालयन एभरेस्ट इन्स्योरेन्स (संस्थापक) र एसियन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।