Trending :
 

एमालेको संसदीय विभागमा १३ सदस्य थपिए

आषाढ ३१,२०८०

-आस्था न्यूज

असार ३१, २०८० काठमाडौं ।
नेकपा (एमाले)ले संसदीय विभागमा १३ जना सदस्य थप गरेको छ।
 
शनिबार बसेको २३ औं सचिवालय बैठकले संसदीय विभागमा १३ सदस्य थप गरेको हो।
 
एमालेका एक नेताका अनुसार प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, राष्ट्रिय सभा सदस्य विमला पौड्याल राई, ज्वाला साह, विद्या भट्टराई, भगवती चौधरी, सुनिता बराल, तारा लामा, लिलानाथ श्रेष्ठ संसदीय विभागको सदस्यमा थपिएका छन्।
 
त्यस्तै ठाकुर गैरे, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर रायमाझी र किरणकुमार साह पनि संसदीय विभागको सदस्यमा मनोनित भएका छन्।
 
यसअघि संसदीय विभागको सदस्य राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहाल, र राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ थिए। विभागको पार्टी उपमहासचिव प्रमुख पृथ्वी सुब्बा गुरुङ छन्।