Trending :
 

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

आषाढ ३१,२०८०

-आस्था न्यूज

असार ३१, २०८० काठमाडौं ।
नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा निक्षेपको ब्याजदर तोकेका छन्। 
 
यसअघि सबै बैंकहरूको ब्याजदरमा भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ९ दशमलव ९९ प्रतिशत ब्याज रहेकोमा भद्र सहमति तोडिएसँग केही बैंकले बढाएका छन् भने केही बैंकले घटाएका छन् ।
 
भद्र सहमति हटाएपछि निक्षेपको अवधि र प्रकृतिअनुसार बैंकहरूले ब्याजदर तय गरेको नेपाल बैंकर्स संघका अध्यष सुनिल केसीले बताए ।
 
अहिले बैंकहरूले तय गरेको दरलाई हेर्दा आगामी दिनमा ब्याजदर घट्ने नै देखिएको उनले बताए ।