Trending :
 

गत आर्थिक वर्षमा भन्सार राजस्व मात्रै एक खर्ब १५ अर्ब रूपैयाँले घट्यो

श्रावण ०१,२०८०

-आस्था न्यूज

साउन १, २०८० काठमाडौं ।
गत आर्थिक वर्षमा भन्सार राजस्व एक खर्ब १५ अर्ब रूपैयाँले घटेको छ।
 
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा २३ प्रतिशतले घटेको हो।
 
आर्थिक वर्ष २०७८/७९ मा ५ खर्ब ६ अर्ब ४२ करोड रूपैयाँको भन्सार राजस्व उठेको थियो। आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँ मात्रै राजस्व उठेको भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काले बताए।
 
भन्सार राजस्व गत वर्षको तुलनामा २३ प्रतिशत र लक्ष्यको तुलनामा ४२ प्रतिशतले कम उठेको छ।
 
१० प्रकारका वस्तुमा लगाइएको आयात प्रतिवन्ध तथा पेट्रोलियम गाडीको सट्टा विद्युतीय गाडीको आयातको कारण भन्सार राजस्वमा उल्लेख्य कमी आएको भन्सारका अधिकारीहरूको भनाइ छ।