साउने सोमबारको ब्रत महिला-पुरुष दुवैले बस्नु उत्तमः आचार्य एकदेव

श्रावण ०१,२०८०

-आस्था न्यूज

साउन १, २०८० काठमाडौं ।
साउने सोमबार होस या अन्य दिनहरुमा प्राय महिलाहरु नै ब्रत बस्ने चलन छ । तर व्यास आचार्य एकदेव उपाध्यायले भने जुनसुकै ब्रत बस्नका लागि महिला र पुरुषलाई कुनै बाधा नरहेको बताउनुभएको छ ।
 
उपाध्यायले अस्था न्युजसँगको कुराकानीमा साउने सोमबारको ब्रत पनि महिला र पुरुष दुवैले बस्नपर्ने बताउनुभयो । उहाले प्रकृतिमा आइसकेपछि कसैलाई पनि ब्रततिर्थका लागि नछुट्याएको र सबै प्रकृतिका लागि बराबर रहेको उल्लेख गर्नुभयो ।
 
शास्त्रमा ब्रत बस्दा यहि नै खानुपर्ने र लगाउनुपर्ने कुरा उललेख नभएकोले आफुलाई जसरी सहज हुन्छ त्यसरी नै ब्रत बस्न सकिने बताउनुभयो । सकभर ब्रत बस्दा सात्वयीक भोजन ग्रहण गर्न र साझ घिउमा बनाइएको खानेकुरा खानु उपयुक्त हुने शास्त्रमा उल्लेख रहेको पनि उहाले स्मरण गराउनुभयो ।
 
हेर्नुहोस ब्रतका विषयमा व्यास आचार्य एकदेव उपाध्यायसँगको कुराकानी -
https://www.youtube.com/watch?v=RVj1JqZ5Y48