नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से ४७ अंकले बढ्यो
-आस्था न्यूज
साउन १, २०८० काठमाडौं।
नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ।
यस दिन नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ पुगेको छ।
यस दिन २५७ वटा धितोपत्रको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको हो।
सोमबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १ हजार २३२ रुपैयाँ पुगेको छ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५३८ रुपैयाँ ४० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८.३७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २० पैसामा सीमित भएको छ।