Trending :
 

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव

श्रावण ०१,२०८०

-आस्था न्यूज

साउन १, २०८० काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।
 
निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्।
 
(भोलि) मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ।
 
धुम्बाराही बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिए।