Trending :
 

सुनको मूल्य तोलामै ३०० रुपैयाँले बढ्यो

श्रावण ०२,२०८०

-आस्था न्युज

श्रावण २ , २०८० काठमाडौँ
मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको देखिन्छ ।  सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
 
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
 
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।