आर्थिक प्रसङ्ग :
कार्तिक १४,२०७४
-
१४,२०७४ कार्तिक,काठमाडौँ-
शिखर इन्स्योरेन्स कम्पनीले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमवार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले कर प्रयोजनको लागि समेत नगद लाभांश दिने भएको छ । कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुनुपर्ने छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी करिब १ अर्ब ५ करोड पुग्नेछ । कम्पनीको चुक्ता पूँजी हाल ८१ करोड रहेको छ ।
प्रमुख समाचार