Trending :
 

कांग्रेसले क्रियाशील सदस्यता विस्तार अभियान चलाउने

श्रावण ०२,२०८०

-आस्था न्यूज

साउन २, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने भएको छ । उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो ।  
 
मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् । 
 
उनका अनुसार क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ। 
 
५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने महामन्त्री थापाले सुनाए ।