Trending :
 

राहुल गान्धीको पुनरवेदनमा शुक्रबार सुनुवाइ हुने

श्रावण ०२,२०८०

-आस्था न्यूज

साउन २, २०८० काठमाडौं ।
गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । 
 
मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठह¥याएका थिए । 
 
सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णइलाई चुनौती दिँदै उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । उहाँका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ ।