Trending :
 

मानुषीको नेतृत्वमा नेसपाको सूचना तथा सञ्चार प्रविधि विभाग गठन

श्रावण ०२,२०८०

-आस्था न्यूज

साउन २, २०८० काठमाडौं ।
नेपाल समाजवादी पार्टीमा मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । 
 
विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्रान्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको छ ।
 
नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदिमार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्रान्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।