Trending :
 

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, अध्यक्षको जिम्मेवारी पोखरेललाई

श्रावण ०३,२०८०

-आस्था न्यूज

साउन ३, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । 
 
उनले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका हुन् ।
 
ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् । 
 
उपाध्यक्ष नेम्वाङका अनुसार ओली साउन ८ गते स्वदेश फर्किनेछन् ।