Trending :
 

जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्न प्रचण्ड गोरखा जाँदै

श्रावण ०३,२०८०

-आस्था न्यूज

साउन ३, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ ।
 
प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
 
पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । गत असार २७ गते प्रचण्ड पत्नी सीता दाहालको निधन भएको थियो । त्यसयता प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।