Trending :
 

प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली भ्रमणमा निस्कने

श्रावण ०३,२०८०

-आस्था न्यूज

साउन ३, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
 
बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । समिट जुलाइ २४, २५ र २६ मा इटालीमा हुँदै छ ।