Trending :
 

सुनको मूल्य प्रतितोला १ लाख १३ हजार नाग्यो

श्रावण ०३,२०८०

-आस्था न्युज

श्रावन ३ ,२०८० काठमाडौँ । 
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ ।
 
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले बढ्दा १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
हिजो स्थिर रहेको चाँदीको मुल्यमा १० रुपैयाले बढेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।