Trending :
 

दोषजति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम नगर्न कांग्रेस नेताहरुलाई आग्रह

श्रावण ०३,२०८०

-आस्था न्यूज

साउन ३, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीमा नेताहरूले दोषजति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम भइरहेको बताएका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य शाहले पार्टीका हरेक निर्णयमा पदाधिकारी र कार्यसम्पादन समितिमा रहेका नेताहरू पनि संलग्न रहेको बताए ।
 
‘कार्यसम्पादन र पदाधिकारीको बैठक गरेर निर्णय गर्ने, धेरै कार्यहरू अधुरा राख्ने, संगठनका सबै अवयवहरू चुस्त दुरुस्त राख्ने कुरामा अनिर्णयको बन्दी बनाउने काम भएको छ,’ उनले भने, ‘अनि दोष जति सभापतिलाई मात्रै दिएर मुक्त हुन पाइँदैन । आ–आफ्नो काम कर्तव्यप्रति सबैले हेक्का राखौँ ।’
 
उनले सभापतिलाई मात्रै दोष दिएर पार्टी संगठनलाई कुनै लाभ नहुने बताए । ‘पार्टीले गठन गर्ने निर्णय लिन्छ, दोषी सभापति । गठन भत्किन्छ, दोषी सभापति । दोष जति सबै सभापतिको टाउकोमा थोपरेर बाँकी सबै निर्दोष भन्ने हुँदैन कि ?,’ उनले भने ।