Trending :
 

कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । 
 
बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । 
 
बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य धारणा रोखका छन् । यीमध्ये अधिंकाश केन्द्रीय सदस्यले पार्टी चलाउने जिम्मेवारी सभापति देउवाको मात्र नरहेको भन्दै बचाउ गरेका थिए ।
 
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीविरुद्ध असन्तुष्टि जनाउने अधिकांश संस्थापन निकट केन्द्रीय सदस्यहरू छन् । दुवैजना महामन्त्रीले भित्र एउटा निर्णय गर्ने र बाहिर सार्वजनिक खपतका लागि अरू नै बोल्ने गरेको तर्क उनीहरूको भनाइ थियो ।