Trending :
 

आकासिदै सुनको मूल्य

श्रावण ०४,२०८०

-आस्था न्युज

श्रावण ४ ,२०८० काठमाडौँ । 
सुनको मूल्यमा बिहिबार छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । 
 
यसैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँलेनै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 
 
यता चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दा १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।