Trending :
 

बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको भनाई

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४,  २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।
 
बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताएका हुन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए ।
 
उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए ।
 
करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनले बताए ।
 
भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उनले बताए । वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको उनले बताए । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए ।