Trending :
 

अमेरिकाले उद्योगहरूमाथिको प्रतिबन्ध कस्दै लगे प्रतिकार गर्ने चीनको चेतावनी

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४,  २०८० काठमाडौं ।
अमेरिकाका लागि चीनका राजदूत सी फेङले चीनले कुनै प्रविधि वा व्यापार युद्ध नचाहेको तर अमेरिकाले चिनियाँ चिप उद्योगहरूमाथिको प्रतिबन्ध अझै कस्दै लगेमा आफूहरूले त्यसको उपयुक्त प्रतिकृया दिने चेतावनी दिएका छन् । 
 
अस्पेन सेक्युरिटी फोरम नामक एक कार्यक्रममा बोल्दै उनले चीन प्रतिस्पर्धाबाट पछि नहट्ने तर अमेरिकाले जसरी प्रतिस्पर्धाको परिभाषा गरेको छ त्यो निष्पक्ष नभएको धारणा व्यक्त गरे ।
 
राजदूत फेङको यो धारणा अमेरिकी सरकारले गएका केही महिनायता अत्याधुनिक चिप निर्माणमा प्रयोग हुने सामाग्रीमा कस्दै लगेको नियन्त्रणतर्फ लक्षित थियो ।