Trending :
 

अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा सांसदले उठाए प्रश्न

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४, २०८० काठमाडौं ।
एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
 
कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए ।
 
‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’
 
भन्सारका कर्मचारीहरुको भूमिका यस्तो कार्यमा शंकास्पद रहेको उनको आरोप छ । त्यहाँको पुलिस के गरिरहेको थियो ? हामीलाई लाज हुन्छ कि हुँदैन ? उनी थप्छन्, ‘भन्सारको मिलेमत्तोबिना हुन्छ ? पुलिसको मिलेमत्तोबिना सम्भव हुन्छ यो चीज ?’ मुलुकलाई अपराधको क्रिडाथलो बन्नबाट सरकारले जोगाउनुपर्ने र त्यसका लागि संलग्नमाथि कारबाही हुनुपर्ने बताए ।
 
नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
 
‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको उनले बताए ।