Trending :
 

कांग्रेसको जस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई बामदेवको चुनौती

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४, २०८० काठमाडौं ।
राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए ।
 
‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरुलाई चुनौती हो, कम्युनिस्टहरु हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रश्न गरे ।
 
उनले अगाडि भने, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गषेप्य रुपमा निर्णय गर्नुर्ने कुनै विषय छैन ।’
 
२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ । कांग्रेसले केन्द्रीय समिति बैठक खुला गरेर राम्रो काम गरेको भन्दै उनले बधाई दिए । ‘नेपाली कांग्रेसलाई मेरो बधाई छ, त्यही बाटोमा कम्युनिस्टहरु पनि हिँड्नुपर्छ’ नेता गौतमले भने ।