पार्टीको सदस्य सङ्ख्या नघटेको एमालेको दाबी
-आस्था न्यूज
साउन ४, २०८० काठमाडौं ।
नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
“नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।”
उहाँले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ ।
एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पार्नुभयो । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उहाँले बताउनुभएको छ ।