Trending :
 

चीनका राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४, २०८० काठमाडौं ।
चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । 
 
सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । त्यसबेला उहाँ अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार हुनुहुन्थ्यो । 
 
एकसय वर्षीय किसिञ्जरको यो २१औं चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो । 
 
विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो २१औं जन्मदिवस मनाउनुभएको थियो ।