चीनको अर्थतन्त्र निरन्तर ओरोलो
-आस्था न्यूज
साउन ४, २०८० काठमाडौं ।
बिग्रदै आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ ।
मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात प्रतिशत थिाये । औद्योगिक उत्पादनमा झिनो सुधार आएर तीन दशमलव पाँच प्रतिशतबाट चार दशमलव चार प्रतिशत पुगे पनि माग सुस्त रह्यो ।
सन् २०२३ को पहिलो छ महिनामा सरकारी स्वामितवका उद्यमहरूको लागनी आठ दशमलव एक प्रतिशतले बढे पनि निजी क्षेत्रको स्थिर सम्पत्ति लागनी शून्य दशमलव दुई प्रतिशतले सङ्कुचित भएको छ जसले निजी क्षेत्रको व्यावासायिक विश्वास गुमेको सङ्केत गरेको छ ।
गत जुनमा चीनको निर्यात पनि बाह्र दशमलव चार प्रतिशतले घटेको छ जुन तीव वर्ष यताकै उच्च गिरावट हो भने आयात छ दशमलव आठ प्रतिशतले घटेको छ । विकसित देशहरूमा उच्च मुद्रास्फीति र भूराजनीतिक अवस्थाका कारण चीनको वैदेशिक व्यापारले वर्षको अन्त्यतिर समस्याको सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्छ । प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० को प्रवाह पनि वर्षको पहिलो पाँच महिनामा पाँच दशमलव छ प्रतिशतले घटेको छ ।
चीनमा व्यापार गर्नु जोखिमपूर्ण छ भन्ने धारणाले देशमा पुँजीको प्रवाहलाई सङ्कुचित गरेको हो कि भन्ने देखाउँछ । एमएससिआई चाइना इनडेक्सले चिनियाँ कम्पनीमा विदेशी लगानी छ प्रतिशतले घटेको देखाएका छ । इक्विटी बजारले पनि विश्व बजारको तुलनामा कमजोरी देखिएको छ जसले आर्थिक वृद्धिलाई कमजोर बनाउनसक्ने देखिन्छ ।
चिनियाँ अर्थतन्त्रले जनसाङ्ख्यिक लाभांश लिन नसकेको देखिन्छभने सरकारको ‘साझा समृद्धि’ नीति र उपभोग वृद्धि गर्ने प्रयासलाई कुल गार्हस्थ्य उत्पादनको करिब तीनसय पचास प्रतिशतको हाराहारीमा मुलुकको कुल ऋणको उच्च जोखिमका कारण अलपत्र परेको संरचनात्मक आर्थिक सुधार चुनातीपूर्ण भएको छ ।