Trending :
 

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन लम्बिने

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म चल्ने भएको छ ।
 
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्ने बताउनुभयो । उहाँले केन्द्रीय समिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो ।
 
नेता पौडेलले बैठक शुक्रवार र आइतवार बस्ने बताउनुभयो । भोलिको बैठक बिहान ११ बजे शुरु हुनेछ ।