Trending :
 

भ्रष्टाचारविरुद्ध राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

श्रावण ०५,२०८०

-आस्था न्यूज

साउन ५, २०८० काठमाडौं ।
आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । 
 
संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन । भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् । 
 
भ्रष्टाचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धर्मान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक सङ्घर्षमा उत्रिएको हो ।